काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेको थुनछेक बहस जारी छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए ।
सोही दिन उनको बयान सकिएको थियो । हिजो बिहीबारबाट थुनछेक बहस भइरहेको छ । बिहीबार सरकारी वकिलहरूले बहस गरेका थिए । आज जाहेरवालाका तर्फबाट वकिलहरूले बहस गरिरहेका छन् ।
अहिले वरिष्ठ अधिवक्ता डा। सुरेन्द्र भण्डारीले बहस गरिरहेका छन् । त्यसपछि प्रतिवादीका तर्फबाट रविका वकिलहरूले बहस गर्नेछन् ।
प्रतिक्रिया दनुहोस्