दार्चुलामा सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जेसीबी चालक रेशम बुढा घाइते

दार्चुला : दार्चुलाको महाकाली नगरपालिका–५ ठड्याभीरमा सडक चौडा पार्ने क्रममा पहिरो खस्दा जेसीबी हुत्तिएर महाकाली किनारमा पुगेको छ । महाकाली लोकमार्ग अन्तर्गत ठड्याभीरमा सडक चौडा पार्ने काम भइरहेको छ ।

उक्त सडक चौडा पार्ने काम चलिरहेकै बेला सडकमाथिबाट खसेको सुख्खा पहिरोले काम गरिरहेको जेसीबी चालकसहित महाकाली नदी किनारमा हुत्तिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए । शुक्रबार बिहान सवा ५ बजेतिर पहिरो खसेको हो ।

Seti Hospital

जेसीबीमा पहिरो खसेपछि जेसीबी चालक जाजरकोटको जुनीचाँदेका २६ बर्षीय रेशम बुढा घाइते भएका छन् । उनको खुट्टामा चोट रहेको छ । उनलाई सुरक्षाकर्मीहरुले उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल पुर्याएको प्रहरी निरीक्षक जोशीले बताए । पहिरो कारण जेसबी हुत्तिएर करीब ३० मिटर तल महाकाली नदी किनारमा खसेको प्रहरी निरीक्षक जोशीले बताए ।

पहिरोका कारण अहिले उक्त क्षेत्रमा सडक अवरुद्ध रहेको छ । अहिले पनि सुख्खा पहिरो खसीरहेकाले सडक अवरुद्ध रहेको प्रहरी निरीक्षक जोशीले बताए । उक्त सडक अवरुद्ध हुँदा दार्चुला सदरमुकामबाट बाहिरने र सदरमुकाम भित्रिने सवारी साधन बीचबाटोमै रोकिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार