कञ्चनपुरका ३ पालिकामा ५ दिन विद्युत लाइन काटिने !

धनगढी : कञ्चनपुरका ३ पालिकामा ५ दिन विद्युत लाइन काटिने भएको छ। नेपाल विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्रका अनुसार लालपुर सबस्टेशन देखि कलुवापुर सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेड गर्न लाइन काटिन लागेको हो।

प्राधिकरणले माघ ११ गते देखि १५ गते बिहान ९ बजे देखि बेलुकी ५ बजे सम्म उक्त फिडरमा विद्युत आपूर्ति हुने शुक्लाफाँटा नगरपालिकाका सबै स्थान, कृष्णपुरको वडा नम्बर १, २, ३ र बेलौरीमा विद्युत आपूर्ति बन्द हुने जनाएको छ।

Seti Hospital

नेपाल विद्युत प्राधिकरणको सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले लालपुर १३२/३३/११ केभी सबस्टेशन देखि महेन्द्रनगर वितरण केन्द्रको कलुवापुर ३३/११ केभी सबस्टेशन सम्मको ३३ केभी लाइनको कन्डक्टर अपग्रेडका लागि ठेक्का मार्फत काम गरिरहेको छ। ठेकेदार कम्पनीले ३३ केभी लाइन सट डाउनको लागि माग गरेकाले विद्युत लाइन काटिन लागिएको प्राधिकरणले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार