कैलाली : कैलालीको गोदावरी नगरपालिका – ११ मा रहेको सरस्वती माविमा कार्यरत शिक्षक विनोद कुमार भट्टराइको निधन भएको छ । २०६२ सालदेखि सरस्वती माविमा अध्यापन गराउँदै आएका गोदावरी नगरपालिका – २ निवासी ५८ वर्षीय भट्टराइको बुधवार राती निधन भएको हो ।
लामो समय देखि बिरामी रहेका उनको धनगढी स्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको विद्यालयका शिक्षक कृष्ण विकले बताए । भट्टराई यसअघि सरस्वती माविमा प्रधानाध्यापकका रूपमा पनि काम गरिसकेका छन् । यसैबिच शिक्षक भट्टराइको निधनमा बिहीबार गोदावरीका विद्यालयमा शोक बिदा दिइएको छ ।
गोदावरी नगरपालिकाले एक सूचना जारी गर्दै शिक्षक भट्टराइको निधनमा बिहीबार गोदावरी नगरपालिका क्षेत्र भित्रका शैक्षिक संस्थाहरूमा शोक बिदा दिइएको उल्लेख छ ।
प्रतिक्रिया दनुहोस्