चलचित्र ममीको ट्रेलर झनै डरलाग्दो !

काठमाडौं : पछिल्लो समय हरर जनराको नेपाली चलचित्रको निर्माण बढेको छ । यति बेल प्रदर्शन भईरहेको चलचित्र फिरफिरे फिरिरि पनि हरर जनरामै निर्माण गरिएको हो । यसै क्रममा आगामी २५ माघमा नेपालका चलचित्र घरमा प्रदर्शन हुने नेपाली चलचित्र ‘ममी’ पनि हरर जनरामै निर्माण गरिएको छ ।

यो पारिवारिक हरर जनराको चलचित्रको बुधवार ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्रको ट्रेलर १ मिनेट ५७ सेकेन्ड लामो छ । ट्रेलरमा यस चलचित्रका मुख्य कलाकार प्रिंयका कार्की, सुलक्षण भारतीको संवादसँगै चलचित्रमा निम्तने विभिन्न घटना, डरलाग्दा छायासँगको भेट र अलौकिक पात्रहरूलाई डरलाग्दो तरिकाले प्रस्तुत गरिएको छ ।

khadya

नेपाली हरर चलचित्र मध्य आफूहरूको चलचित्रको ट्रेलर सर्वाधिक डरलाग्दो यसको यसका निर्माण पक्षले दाबी गरेको छ । यो चलचित्रको ट्रेलरले ममीको कथावस्तुको ’boutमा केही खुलाएको छ । कालो बिरालोलाई विशेष स्थान दिइएको यो चलचित्रको ट्रेलरले दर्शकमाझ कौतुहलतासँगै डर पनि बढाउने देखिन्छ । चलचित्र ममीमा प्रिंयका र सुलक्षणसँगै दिया मास्के, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।

सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको यो चलचित्रमा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । यो समर डेब्यू निर्देशन हो । यो चलचित्रको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।

चलचित्र ममीको छायांकन निशाल पौडेल र शरद महतोले संयुक्त रुपमा गरेका हुन् । यसमा सम्पादन सुरेन महर्जनको रहेको छ । यसै गरी यो चलचित्रको पाश्र्व ध्वनीमा रोहित शाक्य, ध्वनि संयोजनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन छन् ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा काफिया फिल्मस् र मोफसलमा कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दै छन् । चलचित्र ममीमा एनवी महर्जनको द्धन्द्व निर्देशन, दिपेश चौधरीको रंग संमयोजन, एसडी योगीको संगीत रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार