महेन्द्रनगर : कञ्चनपुर स्थित महेन्द्रनगरको चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका छन । हिजोराती भीमदत्त नगरपालिका -६ महेन्द्रनगर ऐठपुर स्थित रहेको चाँदनी डान्सबारमा हतियार देखाउने चार भारतीय युवक पक्राउ परेका हुन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले डान्सबारभित्र ग्राहकहरुविच एक आपसमा वाद विवाद हुने क्रममा भारतीय नागरिकले पेस्तोल देखाएर भाग्ने क्रममा सडकबाटै पक्राउ गरिएको बताए । प्रवक्ता जोशीका अनुसार भारतीयले प्रयोग गर्दै आएको युके ०६एआर०८४६जिप हतियार सहित चारै भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा भारत उत्तराखण्ड प्रेमनगर खटिकामा ३२ बर्षिया सञ्जय जेठी, ३४ बर्षिया जिवन सिह, ३२ बर्षिया कोमल विष्ट र ३४ बर्षिया उमेद सिह अधिकारी रहेका छन ।
उनीहरुको साथबाट म्यागजिन पेस्तोल बरामद गरिएको छ । हतियार सहित पक्राउ परेका चारै जनामाथि थप अनुसन्धान भईरहेको र हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाईने प्रहरीले जनाएको छ । आखिर कसरी हातहतियार भित्र्याई नेपालमा ।यस्तो घटनाले नेपाल तर्फ कस्तो सुरक्षा भन्ने प्रश्नचिन्ह उठेको छ ।
प्रतिक्रिया दनुहोस्