अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

धनगढी : धनगढीमा माघ १९ देखि २८ गते सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। गो ड्रिमर्सको आयोजनामा नेपाल क्रिकेट संघको वार्षिक क्यालेण्डरमा समावेश भएको यो प्रतियोगिता पहिलोपटक हुन लागेको हो।

प्रतियोगितामा आठ टोलीहरू सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। समूह एमा डिसिए धनगढी, फेन्ड्स युवा क्लब डडेल्धुरा, घोडाघोडी–११ सुख्खड कैलाली, र बोष्टन क्रिकेट झापा छन्। समूह बीमा सिवाईसी अत्तरिया, दशरथ चन्द एकेडेमी बैतडी, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौं, र न्यु होराईजन बुटवल छन्।

SHIKHAR COOL TECH

उद्घाटन खेलमा डिसिए धनगढी र फेन्ड्स युवा क्लब डडेल्धुरा बीच प्रतिस्पर्धा हुनेछ। लिग चरणका खेलहरू माघ २५ सम्म चल्नेछन्, जसपछि सेमिफाइनल र फाइनल खेलहरू माघ २६, २७, र २८ गते हुनेछन्। फाइनलमा प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख सहित ट्रफी पाउनेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पुरस्कार प्रदान गरिनेछ, जसमा सर्वोकृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट ब्याट्सम्यान, बलर, र उदयमान खेलाडीले जनही ५० हजार पाउनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार