अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ

महेन्द्रनगर : भीमदत्त नगरपालिका-६ ऐठपुरबाट अवैध हतियारसहित चार जना भारतीय नागरिक पक्राउ परेका छन् । महेन्द्रनगर बजार नजिकै बुधबार राति भारतीय नम्बरको युके ०६ एआर ०८४६ गाडीमा पेस्तोल बोकेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत उत्तराखण्डको उद्यमसिंहनगर खटिमाका उद्यमसिंहनगर खटिमाका ३४ वर्षीय जीवन सिंह जिमेवाल, ३१ वर्षीय कोमल विष्ट, ३४ वर्षीय उमेद सिंह अधिकारी र २८ वर्षीय सञ्जय जेठी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार बुधबार सांझ महेन्द्रनगर आएका उनीहरुलाई एउटा गाडीमा फर्किदाखेरी पक्राउ परेका हुन् ।

Seti Hospital

‘हतियार देखिएको सुचना आएपछि हामीले चेकजांच गरेका हौं, हतियार मात्रै देखियो, गोली थिएन,’ एसपी जोशीले भने, ‘गाडीमा मदिरा पनि भेटिएको छ, उनीहरु खानपिनका लागि आएजस्तो देखिन्छ ।’ पक्राउ परेकाहरुका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार