बैतडी : बैतडीमा आगलागी हुँदा ७ लाख २५ हजारको क्षति भएको छ । बुधवार पुर्चौडी नगरपालिका – ४ भटनाका डम्मर देव भट्टको ढुङ्गा माटोले बनेको पत्थरले छाएको २ तले चार कोठे घरमा आगलागी हुँदा उक्त क्षति भएको हो ।
दियोबाट आगलागी हुँदा नगद, गरगहना, खाद्यान्न, लत्ता कपडा, भाडा वर्तन लगायतका सामानहरू गरी ७ लाख २५ हजार बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्