महाराष्ट्रमा भएको रेल दुर्घटनामा तीन नेपालीको मृत्यु

एजेन्सी : भारतमा रेल दुर्घटनामा परी ३ नेपालीको मृत्यु भएको छ। लखनऊबाट मुम्बई जाँदै गरेको पुस्पक एक्सप्रेसको रेल महाराष्ट्रको जलगाउँमा पुग्दा आगलागी भएको हल्ला फैलिएपछि दुर्घटना भएको हो।

आगो लागेको हल्लापछि रेलबाट हाम फालेका ५० जनाभन्दा बढीलाई अर्को दिशाबाट आएको रेलले ठक्कर दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जसमा ३ नेपालीसहित १२ जनाको मृत्यु भएको छ । मृत्य हुनेमध्ये नेपालका नन्दाराम विश्वकर्मा, लछिराम पासी र नवीन भण्डारीको नाम खुलेको छ । उनीहरुको ठेगाना खुलिसकेको छैन।

Seti Hospital

परिचय खुलेका मृतकमध्ये चार भारतीय नागरिक छन्। दुर्घटनामा मृत्यु भएका बाँकी ६ जनाको परिचय खुलिनसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। दुर्घटनामा घाइते भएका ४० जनालाई महाराष्ट्रका विभिन्न अस्पतालमा भर्ना गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार