धनगढी : कैलालीको धनगढीबाट लागू औषध सहित एकै दिन ८ जना पक्राउ परेका छन् । बुधवार धनगढी उपमहानगरपालिका – ३ विशाल नगर र धनगढी उपमहानगरपालिका – २ बाट लागू औषध सहित ८ जना पक्राउ परेका हुन ।
विशाल नगरबाट स्थानीय २४ वर्षीय पुरन सिंह ठकुरी, ३१ वर्षीय अनु सुनुवार, कञ्चनपुरको पुनर्वास नगरपालिका – ८ का २४ वर्षीय सन्दीप खड्का र डोटीको जोरायल गाउँपालिका – ४ का २० वर्षीय इन्द्रा बुढामगरलाई ३७० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनीहरूलाई अस्थायी प्रहरी पोस्ट विशाल नगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बुधवार राती साढे १० बजे धनगढी उपमहानगरपालिका – २ बर्गर हाउस नजिकबाट गौरीगंगा नगरपालिका – ११ का २१ वर्षीय निरञ्जन चौधरी समेत चार जनालाई १ ग्राम ३७० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित जिल्ला प्रहरी कार्यालय कैलाली र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दनुहोस्