धनगढी उपमहानगरपालिकाले ६ महिनामा १७ करोड राजस्व उठायो

Call24News

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म १७ करोड एक लाख दुई हजार ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरका राजस्व शाखा प्रमुख लेखनाथ ओझाका अनुसार सम्पत्ति कर, भूमिकर–मालपोत, बहालकर, व्यवसाय कर, नक्सापास दस्तुरलगायत विभिन्न स्रोतहरूबाट राजस्व संकलन गरिएको हो ।

SHIKHAR COOL TECH

सम्पत्ति करबाट एक करोड ९२ लाख, भूमिकर–मालपोतबाट एक करोड २३ लाख, बहालकरबाट तीन करोड ५२ लाख, व्यवसाय करबाट दुई करोड ७९ लाख, नक्सापास दस्तुरबाट एक करोड ६५ लाख, अन्य राजस्वबाट तीन करोड ५२ लाख रुपैयाँ संकलन भएको छ ।

गत आवको सोही अवधिको तुलनामा चालु आवमा ९५ लाख सात हजार आठ सय ७९ रुपैयाँ बढी राजस्व संकलन भएको छ । अघिल्लो वर्ष उपमहानगरले पहिलो छ महिनामा १६ करोड पाँच लाख ९४ हजार रुपैयाँ संकलन गरेको थियो ।

उपमहानगरका अनुसार करको दायरा फराकिलो पारिनु, कर संकलन प्रणालीलाई प्रभावकारी बनाइनु र निगरानी प्रणाली कडा पारिनुले राजस्व वृद्धिमा योगदान गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार