विद्यार्थीलाई भाडा छुट नदिने बस सञ्चालकलाई अनेरास्ववियुले दियो चेतावनी

Call24News

काठमाडौँ : सार्वजनिक यातायात सञ्चालकहरूलाई अनेरास्ववियुले चेतावनी दिएको छ ।

बुधवार एक विज्ञप्ति जारी गर्दै राज्यले प्रदान गरेको सार्वजनिक यातायातमा सहुलियत सुविधा सार्वजनिक यातायात सञ्चालकले शनिवार, राती, सार्वजनिक बिदा तथा विभिन्न अवसरका दिन छुट दिँदैनन् भन्ने चरम गुनासो आएको भन्दै अनेरास्ववियुले सार्वजनिक यातायात सञ्चालकहरूलाई चेतावनी दिएको हो ।

khadya

अनेरास्ववियुले विद्यार्थीलाई मात्रै हैन अपाङ्गता, जनआन्दोलनका अशक्त घाइते तथा जेष्ठ नागरिकलाई पनि सार्वजनिक सवारी साधनमा छुट दिइएको वा नदिएको भन्ने बारे अनुगमन वा कारबाही गर्न यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी लगायत सरोकारवालालाई ध्यानाकर्षण गरेको छ ।

‘अनेरास्ववियुका तत्कालीन अध्यक्ष स्व। रवीन्द्र अधिकारीको नेतृत्वमा विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक यातायातमा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन भएको थियो । उक्त आन्दोलनकै लागि कैयौँ दिन कैयौँ विद्यार्थीहरू सडकमा उत्रिन परेको थियो, राज्यको दमनबाट आन्दोलनकै क्रममा स्याङ्जाका देवी पौडेलले आफ्नो ज्यानसमेत गुमाउन परेको इतिहास बिर्सेका छैनौँ ।’ भनी उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अखिलको इतिहास, अग्रजको रगत, पसिना र विवेकको अवमूल्यन कसैले गर्छ प्राप्त उपलब्धिलाई कार्यान्वयन गर्न आनाकानी गर्छ भने अखिल आफैले अनुगमन गरेर त्यसप्रकारका गैरजिम्मेवार सार्वजनिक यातायात सञ्चालक हरूलाई कानुनी राज्यको पाठ सिकाउन पछि नहट्ने जानकारी अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले जानकारी दिए।

वि.सं. २०५९ सालमा तत्कालीन सरकारको मध्यस्थतामा यातायात व्यवसायी र विद्यार्थी सङ्गठनबिचमा म्याद कायम रहेको विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधनको भाडामा ३३ प्रतिशत छुट दिने सहमति भएको थियो । स्व.रवीन्द्र अधिकारीको सक्रियतामा भएको विद्यार्थी सङ्गठनको लगातारको आन्दोलनपश्चात् वि.सं. २०६५ सालमा सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको कुरा सार्वजनिक यातायात सञ्चालक हरूलाई स्मरण गराउन चाहेको इन्चार्ज धर्मराज तिमिल्सीना बताउँछन्।

सार्वजनिक यातायात सञ्चालक हरूलाई भाडामा सहुलियत दिनुपर्ने उल्लेखित वर्गलाई सहुलियत दिँदा निश्चित रुट, कोटा संख्या, दिन र समय नतोकी यस व्यवस्थाको पूर्ण रूपमा परिपालना गर्न र सहुलियत पाउने विद्यार्थी लगायत अन्यवर्गले पनि आफ्नो सक्कल परिचयपत्र देखाइ सहुलियत लिन अनुरोध गरेको समेत जानकारी दिए ।

साथै विद्यार्थीलाई सार्वजनिक यातायात यात्रामा दिइने छुट तथा सहुलियत सम्बन्धी कार्यविधि नै निर्माण गरि विद्यार्थी आन्दोलनबाट प्राप्त यस प्रकारका उपलब्धिलाई संरक्षण गर्नु राज्यको पनि दायित्व भएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार