टर्की : उत्तरपश्चिमी बोलु प्रान्तमा रहेको टर्कीको कार्तलकाया स्की रिसोर्टमा भएको विनाशकारी आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ७६ पुगेको छ । घटनासँग सम्बन्धित नौ जनालाई हिरासतमा लिइएको गृहमन्त्री अली येर्लिकायाले बताए । घटनास्थलमा पत्रकारहरूसँग कुरा गर्दा येर्लिकायाले घटनास्थलमा खोज र उद्धार कार्य पूरा भएको पुष्टि गरे । मङ्गलबार बिहान लागेको आगो १२ तले काठको होटलमा द्रुत गतिमा फैलिएको थियो । चौथो तल्लामा रहेको रेस्टुरेण्ट क्षेत्रमा आगो लागेको थियो । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनाहरू बसिरहेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार राष्ट्रिय शोक दिवसको घोषणा गरे । व्यस्त बिदाको मौसममा होटलमा २३८ जना पाहुनाहरूलाई राखिएको थियो ।
कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । Facebook र Instagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
प्रतिक्रिया दनुहोस्