धनगढी : प्रहरीले कैलाली कञ्चनपुरबाट अवैध रूपमा भारतबाट भित्र्याइएका सामान बरामद गरेको छ । मंगलबार प्रहरीले कैलालीको धनगढी, टीकापुर, कैलारी र कञ्चनपुरको भीमदत्त नगरपालिकाबाट अवैध सामान बरामद गरेको हो ।
धनगढी उपमहानगरपालिका – १९ खेदाघाट, टीकापुर नगरपालिका – ९ बालुवाटार र कैलारी गाउँपालिका – ५ मनिकापुर जङ्गलबाट अवैध रूपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ६५ हजार ९५० रुपैयाँ बराबरको बिडी, सुर्ती, बदाम, सुपारी, सिद्रा माछा लगायतका सामानहरू बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
यस्तै भीमदत्त नगरपालिका – १० सुकासालबाट ७४ हजार ४ सय रुपैयाँ बराबरको चिनी, खाने तेल, चकलेट, बिँडी, सुर्ती लगायतका सामानहरू बरामद गरिएको छ ।
प्रतिक्रिया दनुहोस्