कैलालीको चौमाला–खैराला सडकको नौ सय मिटरमा कालोपत्र हुँदै

Call24News


धनगढी :
कैलालीको चौमाला–खैराला सडकको नौ सय मिटरमा कालोपत्र हुँदैछ। गौरीगंगा नगरपालिका–१ चौमाला बजार क्षेत्रको एक मिटर सडक कालोपत्रको काम फागुनमा पूरा हुने भएको हो।

सडक डिभिजन कार्यालय, महेन्द्रनगरले गत आर्थिक वर्षको वैशाखमा ठेक्का सम्झौता गरेको सडकको काम तीव्र पारेको छ। निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारहरूको काम सकेकाले फागुन भित्रमा कालोपत्रको काम पूरा हुने दाबी गरिएको छ। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईले चौमालामा नौ सय मिटर सडक निर्माणको ५० प्रतिशत काम सकिएको बताए। उनले भने, ‘चौमालामा नौ सय मिटर हो। एक करोड ९५ लाखमा ठेक्का भएको हो। वैशाखमा सम्झौता भएको हो। समय छ। तर, अबको एक÷दुई महिनामा काम सकिन्छ। ५० प्रतिशत पुगेको छ। तर, सब बेस र कालोपत्र भएपछि प्रगति ह्वात्तै हुन्छ।’

khadya

चौमाला बजार क्षेत्रमा नौ सय मिटर कालोपत्रको काम अन्तिम चरणमा पुगेका बेला पाँच किलोमिटर सडक कालोपत्रका लागि थप बजेट माग गरिएको छ। चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालय, महेन्द्रनगरले १० करोड बजेट माग गरेको हो। सडक डिभिजन कार्यालय, महेन्द्रनगरले चुरे फेदीको पाँच किलोमिटर कालोपत्रका लागि बजेट माग गरेको बताएको छ। तर, चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि बजेट छैन। सडक डिभिजन कार्यालय, महेन्द्रनगरका प्रमुख राजेशकुमार यादवले चौमाला क्षेत्रको सडक कालोपत्रको काम जारी रहेको र चुरे फेदीको सडक कालोपत्रका लागि बजेट माग गरेको बताए। उनले भने, ‘हामीले प्रक्रिया सुरु गरेका छौ। १० करोड थप बजेट माग गरेका छौ। नयाँ ठेक्काका लागि बजेट माग गरेका हौ। १० करोड बजेट आयो भने, पाँच किलोमिटरका लागि पुग्छ। चालु आर्थिक वर्षमा पुराना ठेक्काको भुक्तानीका लागि मात्र बजेट छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार