मालपोत कार्यालय टीकापुरका तत्कालीन प्रमुख रसाईली भ्रष्टाचार मुद्धामा दोषी ठहर

Call24News

धनगढी : मालपोत कार्यालय टीकापुरका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाईली भ्रष्ट्राचार मुद्धामा दोषी ठहर भएका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार मुद्धा दायर गरेकोमा मंगलबार विशेष अदालतले उनलाई दोषी ठहर गरेको हो ।

khadya

आयोगले रसाईली सहित आठ जना विरुद्ध २४ करोड ६ लाख ६९ हजार रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको थियो । आयोगले मुद्धा दायर गरेकामध्ये विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले ४ जनालाई मुख्य अभियुक्त र ४ जनालाई मतियार ठहर गरेको हो ।

अदालतले मालपोत प्रमुख रसाइलीलाई एकवर्ष, मानबहादुर चन्दलाई नौ महिना, अग्नीबहादुर शाही र दशरथ मण्डललाई जनही ६ महिना कैदको फैसला सुनाएको छ । यस्तै मतियारहरु विन्द्रा रावल, कमलबहादुर रावल, सुनीलवहादुर रावल र विमल रावललाई ६ महिना कैद हुने फैसला सुनाएको छ । अदालतले दोषी ठहर भएकामध्ये विन्द्रा रावल ज्येष्ठ नागरिक भएकाले ७५ प्रतिशत कैद कट्टा भई एक महिना १५ दिन मात्र कैद बसे हुने फैसला सुनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार