कैलालीको गोदावरीका ६ हजार ६ सय ६४ किशोरीलाई एचपीभी खोप लगाइने

कैलाली : कैलालीको गोदावरी नगरपालिकाका ६ हजार ६ सय ६४ किशोरीलाई ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप लगाइने भएको छ । नगरपालिकाले माघ २२ गते देखि पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाउन लागेको हो ।

आगामी माघ २२ देखि आगामी फागुन ६ गतेसम्म देशभर सरकारले सुरु गर्न लागेको खोप अभियान अन्तर्गत गोदावरीमा १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाउन लागिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नवराज अवस्थले बताए ।

khadya

उनले विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई खोप लगाइने भए पनि विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने बताए । हाल गोदावरीमा ४० जना विद्यालय बाहिर रहेको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

खोप कार्यक्रम ६३ वटा विद्यालय र १८ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिने जनाइएको छ । स्वास्थ्य शाखा प्रमुख अवस्थले उक्त कार्यक्रमका लागि ११७ स्वास्थ्यकर्मी, १०६ जना स्वयंसेविका, १८२ जना स्वयंसेवक खटाइने बताए । नेपालमा हरेक वर्ष २ हजार १६९ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुने अनुमान छ ।

जसमध्ये हरेक वर्ष १ हजार ३१३ जना महिलाको मृत्यु हुने अनुमान छ । महिलाहरूमा हुने क्यान्सरहरू मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो कारण रहेको भए पनि क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

पाठेघरको मुखको क्यान्सर एचपीभी भाइरसको कारण हुने र, यसका २ सय प्रजाति भए पनि १६ र १८ बढी जोखिमका प्रजाति रहेको स्वास्थ्य शाखा प्रमुख अवस्थले बताए । उनले पाठेघरको मुखको क्यान्सरको रोकथामका लागि पहिलो रोकथामको उपाय खोप अभियान भएको बताए ।

यस्तै महिलाले पाठेघरको मुखको परीक्षण (स्क्रिनीङ) गराउने र पाठेघरको मुखको क्यान्सरको निदान भएका महिलाहरूको उपचार गराउने यसको रोकथामको उपाय भएको उनले बताए । सरकारले यस वर्ष पाठेघरको रोकथामका लागि सेवाको कभरेज कम्तीमा ९० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ ।

सरकारले देशभरिका कक्षा ६ देखि १० सम्मका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई लक्षित गरी विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर एचपीभी खोप अभियान सञ्चालन गर्न लागेको छ । यसैबिच सोमबार गोदावरी नगरपालिकाले एचपीभी खोप सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

नगरपालिकाको स्वास्थ्य शाखाले खोप समन्वय समितिका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो । गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यमा भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले हरेक क्षेत्रबाट अभियानलाई सफल गर्न आग्रह गरिन् । उनले खोप अभियान नेपालका लागि निकै महत्त्वपूर्ण भएको बताउँदै उनले सम्बन्धित निकायले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने बताइन् ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या हरेक वर्ष उच्च रहेको बताउँदै उनले लक्षित किशोरी वञ्चित हुनु नपरोस् भनेर समुदाय स्तरमा प्रचारप्रसार गर्नु आवश्यक रहेको बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार