डोटीको बोगटानमा जिप दुर्घटना हुँदा दुई जना घाइते

डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका-३ धुलाचौरस्थित भित्री सडक खण्डमा गएराति बोलेरो जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। दिपायलबाट कानाचौरतर्फ जाँदै गरेको से १ ज ८३८ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर सडकबाट करिब २० मिटर तल खसेको थियो ।

दुर्घटनामा परि बोगटान फुड्सिल गाउँपालिका-३ कानाचौर निवासी ३० वर्षीया ज्ञानकुमारी बोहरा र सप्तरी कंकाली नगरपालिका-४ निवासी २४ वर्षीया काजल मण्डल घाइते भएका छन् ।

Seti Hospital

घाइतेहरूलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धनगढी रेफर गरिएको छ। जोरायल डोटी घर भएका बोलेरोका चालक अर्जुन मल्ल सामान्य घाइते भएका छन् र उनको पनि उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार