बाजुराको एउटा आधारभुत विद्यालयका बालबालिकालाई निःशुल्क कक्षा

भक्तराज जोशी

बाजुरा : बाजुराको एउटा आधारभुत विद्यालयले निःशुल्क कक्षा सञ्चालनमा ल्याएको छ । जिल्लाको सिद्धेश्वरी अनाथ विपन्न तथा जनजातीय आवासीय आधारभुत विद्यालयले निःशुल्क कक्षा सञ्चालनमा ल्याएको हो ।

विद्यालयका प्रधानाध्यापक तुलाबहादुर रावतले बालबालिकाको पढाइमा सुधार ल्याउन थप निःशुल्क कक्षा सञ्चालनमा ल्याएको जानकारी दिए । उनका अनुसार आईतबार बसेको शिक्षक अभिभावक संघको भेलाले उक्त निर्णय गरेको हो ।

khadya

विद्यालयमा प्राय जनजाती (भोटे समुदायका) अनाथ विपन्न बालबालिकाहरु पढ्ने भएकोले उनीहरुको शैक्षिक अवस्थामा सुधार गर्नका उक्त कार्य गरिएको विद्यालयले जनाएको छ ।
थप कक्षाले यहाँका बालबालिकाको पढाइमा थप प्रोत्साहन गर्नुका साथै आगामी चैतमा आउने अन्तिम परीक्षामा समेत सहज हुने प्रधानाध्यापक रावतले बताए ।

यो जिल्लाको एक जनजातिको विद्यालय हो । यहाँका प्रायः पछिल्लो समय भोटे भाषा पढाइ हुँदै आएको छ । अहिले यो विद्यालयमा झण्डै १४८ भन्दा बढी बालबालिका अध्ययन गर्दै आएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार