मोटरसाइकलको ठक्करबाट कैलालीका काँग्रेस सचिव घाइते

Call24News

धनगढी : नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार मोटरसाइकलको ठक्करबाट घाइते भएका छन् । सोमबार मेन रोड धनगढी मुख्यमन्त्री कार्यालय अगाडी धनगढी २ सन्तोषी टोल बस्ने सन्देश राईले चलाएको सुप प्र ०१०१२ प ३९३६ नम्बरको मोटरसाइकलले सुनारलाई ठक्कर दिएको हो ।

सुनारलाई बाटो काट्ने क्रममा मोटरसाइकलले टक्करबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कवीन्द्र बोहराले जानकारी दिएका छन् । दुर्घटना भएको । सचिव सुनारको दाहिने हात भाँच्चिएको छ भने टाउको र अर्को हातमा पनि गम्भीर चोट लागेको छ । उनको अहिले धनगढीको निशर्ग अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल र चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।

Seti Hospital

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार