बैतडीमा विपन्न परिवारका बालबालिकालाई कम्बल वितरण

Call24News

बैतडी : बैतडीमा विपन्न परिवारका बालबालिकाहरुलाई कम्बल वितरण गरिएको छ । जिल्लाको मेलौली नगरपालिका–२ स्थित धर्मघर मावि सलेनामा अध्ययनरत विपन्न परिवारका १५ जनालाई माया घर नेपालद्वारा सञ्चालित कपडा बैंक शाहीलेकले कम्बल वितरण गरेको हो ।

विभिन्न ठाउँका दाताहरुबाट प्राप्त भएको कम्बलहरु विपन्न बालबालिकाहरुलाई वितरण गरिएको कपडा बैंकका सञ्चालक महेशदत्त भट्टले बताए ।

Seti Hospital

विद्यालयले छनौट गरेका विपन्न परिवारका १५ जना बालबालिकाहरुलाई आइतबार कम्बल वितरण गरिएको उनले बताए । विद्यालयको बार्षिकोत्सवको अवसर पारेर बालबालिकाहरुलाई कम्बल वितरण गरिएको हो ।

कपडा बैंकले समस्यामा परेका नागरिकहरुलाई सहयोग गर्दै आइरहेको छ । गएको बर्षदेखि बैतडीमा सञ्चालनमा रहेको कपडा बैंकले ८ सय बढी विपन्न नागरिकलाई कपडा सहयोग गरिसकेको सञ्चालक भट्टले बताए ।

बैतडीका अन्य विद्यालयका विपन्न बालबालिकाहरुलाई पनि कम्बल वितरण गर्ने योजना रहेको उनले सुनाए । यसका लागि विद्यालयहरुसँग सम्पर्क भइरहेको भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार