सुदूरपश्चिम सरकारको ६ महिनाको जम्मा विकास खर्च ९ प्रतिशत मात्र

Call24News

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनामा १० प्रतिशत पनि बजेट खर्च गर्न सकेको छैन। प्रदेश सरकारले ६ महिनामा विकास बजेटको ९ दशमलव ९८ प्रतिशत मात्र खर्च गरेको हो।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षको ६ महिनामा पुँजीगत अर्थात् विकास खर्च अत्यन्तै न्यून देखिएको छ। प्रदेश सरकारको २०८१÷०८२ को श्रावणदेखि पुस मसान्तसम्मको अवधिमा पुँजीगत खर्च एक अर्ब ८७ करोड ११ लाख मात्रै छ। गत आर्थिक वर्षको भुक्तानी मात्र एक अर्ब बढीको रहेको छ।

Seti Hospital

चालु आर्थिक वर्षका कार्यक्रमहरू कार्यान्वयनको चरणमा लैजानसमेत प्रदेश सरकारले नसकेकाले विकास बजेट न्यून खर्च देखिएको हो। चालु आर्थिक वर्षको विकास खर्च ८७ करोडको हाराहारी मात्रै रहेको छ। चालु आर्थिक वर्षमा पुँजीगत बजेट १८ अर्ब ७६ करोड २४ लाख २३ हजार रहेको छ।

प्रदेश सरकारको कूल बजेट ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार छ। चालु आर्थिक वर्षको ६ महिनामा कुल बजेटको १४ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश सरकारले हालसम्म कुल बजेटमा चार अर्ब ६८ करोड ७० लाख पाँच हजार रुपैयाँ खर्च भएको हो। प्रदेश सरकारको तलब, भत्ता लगायतको शीर्षकमा खर्च हुने चालु बजेटमा भने २१ दशमलव ९१ प्रतिशत खर्च भएको छ। प्रदेश सरकारको चालुतर्फको बजेट २ अर्ब ८१ करोड ५८ लाख ५२ हजार खर्च भएको हो। चालु आर्थिक वर्षमा प्रदेश सरकारको चालु तर्फको १२ अर्ब ८५ लाख ७४ लाख पाँच हजार बजेट रहेको छ।

आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिक अवधिमा कूल बजेटमा साढे ६ प्रतिशत खर्च गर्न सकेको थियो। त्यस आर्थिक वर्षको पुँजीगत बजेट २४ अर्ब १४ करोड ४४ लाख ६७ हजार बजेट रहेकामा ९६ करोड ३ लाख ४४ हजार अर्थात् चार प्रतिशत हाराहारी मात्र खर्च गरेको थियो। सो आर्थिक वर्षमा कूल बजेट ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रहेकामा २ अर्ब ४४ करोड ३९ लाख ४६ हजार खर्च थियो।

आर्थिक वर्ष २०७८/७९ को पहिलो चौमासिकको अवधिमा पुँजीतर्फ कूल बजेट १७ अर्ब ७२ करोड ७८ लाख रहेकामा ६३ करोड ८० लाख अर्थात् साढे तीन प्रतिशत मात्र खर्च गर्न सकेको थियो। गत आर्थिक वर्ष २०८०/८१ मा चालु आर्थिक वर्षमा पुँजीगत बजेट १७ अर्ब ९४ करोड ३५ लाख ७२ हजार रहेकामा ८९ करोड ४५ लाख ६० हजार मात्र अर्थात् झन्डै पाँच प्रतिशत मात्र खर्च गर्न सकेको थियो।

चालु आर्थिक वर्षमा सबैभन्दा बढी पुँजीगत बजेट रहेकामा मन्त्रालय भौतिक पूर्वाधार विकास मन्त्रालय हो। उक्त मन्त्रालयमा १४ अर्ब १० करोड ६७ लाख ५२ हजार पुँजीगत बजेट छ। पुस महिनासम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको १२ दशमलव ३४ प्रतिशत पुँजीगत बजेट मात्र खर्च भएको छ। चालु तर्फको बजेटमा भने ३६ प्रतिशत खर्च गरेको भौतिक पूर्वाधार विकास मन्त्रालयले पुँजीगत तर्फ एक अर्ब ७४ करोड २ लाख ३४ हजार मात्र खर्च गर्न सकेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Ban karyalaya

समबन्धित समाचार