बैतडी–डडेल्धुरा जोड्न सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने

Call24News

बैतडी : बैतडीको सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको छ । बैतडीको कोल्तडी र डडेल्धुराको राडिल जोड्नका लागि सुर्नया नदीमाथि मोटरेबल पुल निर्माण हुने भएको हो ।

शहरी विकास मन्त्रालयमार्फत उक्त पुल निर्माणका लागि अर्थमन्त्रालयले सहमति दिएको र ठेक्का प्रक्रियामार्फत पुल निर्माणको काम अघि बढ्ने बैतडीको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।

Seti Hospital

बहुबर्षीय ठेक्का अन्तर्गत पुल निर्माणका लागि २८ करोड ४८ लाख लागत लाग्ने अनुमान गरिएको छ । २०८४ साल सम्म पुल निर्माण गरिसक्ने लक्ष्यसहित बजेट विनियोजन भएको अध्यक्ष साउँदले बताए । सुर्नया नदीमा उक्त पुल निर्माण भएमा बैतडी र डडेल्धुरा दुवै जिल्लाका नागरिकलाई सहज हुने अध्यक्ष साउँदको भनाई छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार