बैतडीको डिलाशैनीमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन

Call24News

बैतडी : बैतडीको डिलाशैनी गाउँपालिकामा अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । एड चेञ्ज नेपाल र एनसेल फाउण्डेसनको सहयोगमा गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख महादेव भट्टले जानकारी दिए ।

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि अभिभावकहरुलाई सक्रिय बनाउन कार्यक्रम सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख भट्टले बताए । कार्यक्रम अन्तर्गत पालिकाभरीका ५ सय ४० जना अभिभावकहरुलाई शैक्षिक गुणस्तर सुधारका बिषयमा अभिमुखीकरण तालिम दिने लक्ष्य रहेको छ ।

Seti Hospital

शिक्षा केन्द्र अमर मावि धामीगाउँ, सेटीगाउँ मावि ककरपाखा र दुर्गा मावि सिमारमा अभिभावकहरुका लागि तालिम सञ्चालन गरिने उनले बताए । अभिभावकहरुका लागि तालिम शुरु भइसकेको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

अभिभावक शिक्षा कार्यक्रम अन्तर्गत एड चेञ्ज नेपालका दुई जना विज्ञहरुले तालिममा सहजीकरण गरिरहेका छन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थी त्रिपक्षीय सक्रियतामा मात्रै सम्भव भएकाले अभिभावकहरुका लागि यस्तो कार्यक्रम सञ्चालनमा ल्याइएको शिक्षा शाखा प्रमुख भट्टले बताए । उनले भने ‘अभिभावकहरुलाई शिक्षा सुधारका लागि सक्रिय बनाउन यो कार्यक्रम सञ्चालनमा ल्याएका हौं । यसले सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार आउने हाम्रो अपेक्षा रहेको छ ।

डिलाशैनी गाउँपालिकामा ५६ ओटा सामुदायिक विद्यालयहरु रहेका छन् । ती विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरुलाई शैक्षिक गुणस्तर सुधारका बिषयमा तालिम दिने कार्य भइरहेको शिक्षा शाखा प्रमुख भट्टले बताए ।

पछिल्लो समयमा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर कमजोर भएको चौतर्फी गुनासो बढेको छ । यस्तो बेला शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक शिक्षा कार्यक्रम सञ्चालनमा ल्याइएको डिलाशैनी गाउँपालिकाले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार