आदर्श गाउँपालिका डोटीमा विवाह भोज खाएका ९० जना बिरामी

Call24News

डोटी : डोटीको आदर्श गाउँपालिका वडा नम्बर १ टाँगमा विवाहको भोज खाएका ९० जना बिरामी परेका छन्। शुक्रवार नर बहादुर विककी छोरीको विवाहको भोजमा सहभागी भएका माइती पक्षका सदस्यहरूमा ज्वरो, वान्ता, रिगंठा, पखाला जस्ता लक्षण देखापरेको छ।

स्वास्थ्य शाखा प्रमुख बम बहादुर खड्काका अनुसार बिरामी परेकामध्ये ३० जनाको उपचार शनिवार र ६० जनाको आइतबार स्थानीय स्वास्थ्य चौकी बाझमा गरिएको छ।

Seti Hospital

अधिकांशलाई उपचारपछि घर फर्काइएको छ भने केहीको उपचार जारी छ। सुजी (हलुवा) खाएकाहरूमा समस्या देखिएको बताइएको छ।

गाउँपालिकाका एमबिबिएस डाक्टरसहित १३ जनाको स्वास्थ्य टोली परिचालन गरिएको छ। बिरामीहरूको नमुना परीक्षणका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ।

घटनास्थलमा अनुसन्धान गर्न प्रहरी निरीक्षक राजेन्द्र बहादुर चन्दको कमान्डमा प्रहरी टोली पनि पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार