आर्मीको जागिर लगाइदिने भन्दै ठगि, सपनासंगै ३ भाइको लाखौँ रकम डुब्यो

Call24News

डडेल्धुरा । डडेल्धुरामा आर्मीको जागिर लगाइदिन भन्दै एक व्यक्तिले ५ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको छ । एकै परिवारका तीन जनालाई आर्मीको जागिर लगाइदिने भन्दै डोटीको शिखर नगरपालिका १० का इन्द्र बलायरले ५ लाख रुपैयाँ ठगी गरेको खुलासा भएको हो । 

पीडित गंगा रावलका अनुसार बलायरले आफ्ना तीन जना भाइहरुलाई आर्मीको जागिर लगाइदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेका हुन् । 

khadya

आफू नेता भएको बताउने बलायरलाई रावलसँग भाइहरुलाई आर्मी बनाइदिने भन्दै ५ लाख मागेका थिए । आफ्ना तीनै जना भाइहरु आर्मी हुने भएपछि उनले पनि बलाएरको कुरा पत्याइन् र उसले मागेजति पैसा दिइन् । तर न रावलका भाइ आर्मी बने, न उनले जागिरकै लागि भनेर तिरेको पैसा फिर्ता नै पाइन् ।

रावलले बलायरलाई पैसा दिएको १ वर्ष पूरा भइसकेको छ । तर अहिले दिएको पैसा फिर्ता माग्दा पनि पैसा फिर्ता नपाएको रावलले गुनासो गरेकी छैन । ‘आर्मीको जागिर लगाइदिने भन्दै पैसा तिरेको १ वर्ष पूरा भयो, तर न जागिर पाइयो न त पैसा नै फिर्ता भयो’, उनले भनिन, ‘अहिले पैसा माग्दा पनि अनेक बहाना मात्र बनाउँछ, आजभोलि त फोन समेत उठाउँदैन ।’

त्यसो त जागिर नपाइने पक्का भएपछी रावलले पैसा फिर्ता गर्न बलायरलाई दबाब दिएको बताइन । त्यसपछि बलायरले पैसा फिर्ता गर्ने भन्दै कागज समेत बनाएका थिए । जुन कागज उनीहरुले असोज १० गते बनेको देखिन्छ । 

पैसा फिर्ता गर्ने भन्दै कागज गरेकै ३ महिना बितिसक्दा पनि पैसा फिर्ता नपाएको रावलले बताइन । हाल रावल प्रहरीमा जाने तयारी गरिरहेकी छिन ।   

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार