डोटी : डोटीमा करेन्ट लागेर एक जना पुरुष गम्भिर घाइते भएका छन् । दीपायल सिलगढी नगरपालिका-७ रतोलीका ४० वर्षीय भरत विष्ट घाइते भएका हुन् ।
उनी आइतबार बिहान आफ्नै घरमा वायरिङ गर्ने क्रममा करेन्ट लागेर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ । विष्टलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचारपछि नेपालगञ्ज रिफर गरिएको डोटी प्रहरीले बताएको छ ।
प्रतिक्रिया दनुहोस्