श्री एयरको जहाज धनगढी विमानस्थलमा अवतरण गर्न असफल भएपछि काठमाडौं फिर्ता

Call24News

धनगढी: शनिवार राति धनगढी विमानस्थलमा अवतरण गर्न असफल भएपछि श्री एयरको जहाज काठमाडौं फर्किएको छ। काठमाण्डौंबाट साँझ ५:३० बजे उड्नुपर्ने जहाज तीन घण्टा ढिलो गरी राति ८स्४२ मा प्रस्थान गरेको थियो। खराब मौसमका कारण धनगढी विमानस्थलमा अवतरण गर्न नसक्दा जहाज पुनः काठमाडौं फर्किन बाध्य भएको हो।

धनगढी विमानस्थलमा अवतरण गर्ने तयारीका क्रममा जहाज धावनमार्गमा केही इन्चको दूरीमा आइपुगेको थियो। तर बाक्लो हुस्सुका कारण पाइलटले अवतरण स्थगित गर्दै जहाजलाई पुनः आकाशतर्फ उडाए। केहीबेर आकाशमा घुमेपछि जहाजलाई काठमाडौं फर्काउने निर्णय गरियो। जहाज काठमाडौं विमानस्थलमा राति १०:३३ मा सुरक्षित अवतरण भएको थियो।

khadya

धनगढी गन्तव्यका यात्रुहरू रातको समयमा काठमाडौंमा बिचल्लीमा परेका छन्। उनीहरूले लगेज र गन्तव्यसम्मको यात्रा व्यवस्थापनमा समस्या भोग्नुपरेको छ। विमानमा बालबालिका, ज्येष्ठ नागरिक र नवविवाहित जोडीसमेत रहेका थिए। त्यसमै सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री दीर्घबहादुर सोडारी र उनकी पत्नी गीता सोडारीसमेत जहाजमा यात्रारत थिए।श्री एयरले खराब मौसमका कारण अवतरण असफल भएको बताउँदै यात्रुको सुरक्षालाई प्राथमिकता दिएको दाबी गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार