काठमाडौं : अमेरिकामा सामाजिक सञ्जाल एप टिकटक बन्द भएको छ । अमेरिकी सरकारले टिकटकमा प्रतिबन्ध लागू गर्नुभन्दा केही घण्टा अघि नै यो बन्द भएको छ । अमेरिकी प्रयोगकर्ताहरूले टिकटक खोल्दा ‘तपाईं अहिले टिकटक प्रयोग गर्न सक्नुहुन्न’ भन्ने सन्देश देखिरहेका छन् ।
यसको पछाडि एपले प्रतिबन्ध लगाउने अमेरिकी कानुनलाई उद्धृत गरेको छ । धेरै प्रयोगकर्ताहरूले टिकटकलाई एप स्टोरबाट पनि हटाइएको र भिडियोहरू टिकटक डट कममा नदेखिएको बताएका छन् ।
‘हामी भाग्यमानी छौँ कि ट्रम्प प्रशासनले पदभार ग्रहण गरेपछि टिकटक पुनः सुरु गर्ने समाधानमा हामीसँग काम गर्ने संकेत पाएका छौं’, टिकटकले भनेको छ । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्धबाट ९० दिनसम्म छुट दिन सक्ने बताएका छन् ।
अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने कानुनको पक्षमा फैसला गरेको थियो । टिकटक यस प्रतिबन्धबाट बच्न सक्छ । तर त्यसको मूल कम्पनी बाइटडान्सले अमेरिकामा कसैलाई आफ्नो कम्पनी बेच्नुपर्छ । यसबीच एलन मस्कले टिकटक खरिद गर्ने चर्चा पनि सुरु भएको थियो । तर बाइटडान्सले टिकटक नबेच्ने कपटक पटक दोहोर्याउँदै आएका छन् ।
प्रतिक्रिया दनुहोस्