दार्चुलाका ९ हजार बढी किशोरीहरुलाई एचपीभी खोप दिइने !

Call24News

दार्चुला : दार्चुलाका किशोरीहरुलाई एचपीभी खोप दिइने भएको छ । जिल्लाका ९ हजार बढी किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप दिईने भएको हो ।

यही माघ २२ गतेदेखि देशैभरी संञ्चालन हुने एचपीभी खोप अभियान अन्तरर्गत दार्चुलामा पनि खोप अभियान सञ्चालन हुने र यसको तयारी भइरहेको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख विरेन्द्र भट्टले बताए । अभियान अन्तरगत कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरी र विद्यालय नजाने १० देखि १४ बर्ष सम्मका किशोरीहरुलाई खोप दिइने भट्टले बताए ।

Seti Hospital

खोप अभियानको तयारी स्वरुप अहिले जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकामा रहेका स्वास्थ्य शाखा प्रमुख र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाका प्रमुखहरुलाई तालिम दिने कार्य संञ्चालनमा रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

माघ ११ गतेसम्म तालिम सञ्चालन हुने बताइएको छ । दार्चुलामा १ सय ३० ओटा माध्यमिक विद्यालय र जिल्लाभरी रहेका स्वास्थ्य संस्थाहरुलाई खोप केन्द्र तोकिएको स्वास्थ्य प्रमुख भट्टले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार