प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आजदेखि समूह ‘बी’ का खेल

Call24News

धनगढी : प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् । धनगढीको फाप्ला क्रिकेट मैदानमा आजको पहिलो खेलमा बिहान ९ बजे बागमती र कोशी प्रदेश खेल्दैछन् । यस्तै दिउँसो १ बजे मधेस प्रदेश र त्रिभूवन आर्मी क्लबले खेल्नेछन् ।

khadya

प्रतियोगितामा दुई विभागीय र सात वटा प्रदेश गरी नौ टोली छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ का खेल सकिएका छन् भने आजदेखि समूह ‘बी’ का खेल हुनेछन् ।

समूह ‘ए’ मा लुम्बिनी, गण्डकी, कर्णाली, एपीएफ र सुदूरपश्चिम रहेकोमा एपीएफ शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर सुपर फोरमा पुगेको छ । समूह ‘बी’ मा कोशी, मधेस, बाग्मती र त्रिभुवन आर्मी क्लब छन् । यो समूहबाट शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । शीर्ष दुईमा रहने टोली बिच फाइनल खेल हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार