टिकटकले भन्यो – अमेरिकामा भोलिदेखि प्लेटफर्म बन्द हुन्छ !

Call24News

काठमाडौं : चिनियाँ कम्पनी टिकटकले अमेरिकी सरकारले कुनै कारबाही नगरे आइतबारदेखि त्यहाँ आफ्ना गतिविधि बन्द गर्ने बताएको छ ।

टिकटकले विज्ञप्तिमा जो बाइडन, ह्वाइट हाउस र न्याय विभागले स्पष्टता र आश्वासन दिन असफल भएको बताएको छ ।अमेरिकी सरकारले आश्वासन नदिए जनवरी १९ देखि टिकटकका सबै गतिविधि बन्द गर्न बाध्य हुने टिकटकले जनाएको छ ।

khadya

वास्तवमा अमेरिकी सर्वोच्च अदालतले शुक्रबार टिकटकलाई प्रतिबन्ध लगाउने कानूनको पक्षमा फैसला गरेको छ । टिकटकलाई यस प्रतिबन्धबाट बचाउन सकिन्छ यदि यसको मूल कम्पनी बाइटडान्सले आइतबारसम्म यसलाई बेच्यो भने । सर्वोच्च अदालतको निर्णयको अर्थ टिकटकको अमेरिकी संस्करण एप स्टोर र वेब होस्टिङ सेवाहरूबाट हटाइने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार