महिला प्रधानमन्त्री कप : लुम्बिनी प्रदेशको पहिलो जित

Call24News

धनगढी : महिला प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनी प्रदेशले पहिलो जित हासिल गरेको छ । धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा लुम्बिनीले गण्डकीलाई ६ विकेटले पराजित गरेको हो ।

गण्डकीले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो ।  लुम्बिनीका लागि सरस्वती पुन ३१ रनमा अविजित रहिन् । रञ्जु श्रेष्ठले २० र आङ्गि पाठकले १८ रन बनाइन् । गण्डकीका लागि अपेक्षा बुढाथोकीले २ विकेट लिइन् । 

khadya

यसअघि गण्डकीले पूरै २० ओभर खेलेर ४ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । गण्डकीका लागि सलिना सेनले अविजित ३३ र रेखा तामाङले २५ रन बनाइन् । लुम्बिनीका लागि मनिष रानाले २ तथा मधु डीसी र अङ्गि पाठकले १–१ विकेट लिइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार