जय नेपाल कप क्रिकेट माघ ७ देखि हुदैँ !

काठमाडौं : जय नेपाल कप दक्षिण एसियाली विश्वविद्यालय टि-२० क्रिकेट प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउनेछन्।

नेपाल विद्यार्थी संघको आयोजनामा हुने प्रतियोगितामा नेपालका चार, भारतका तीन र बंगलादेशबाट एक टोलीले सहभागी हुनेछ । प्रतियोगिता संयोजक गणेश थापामा अनुसार नेपालबाट त्रिभुवन, मध्यपश्चिम, काठमाडौं र पूर्वाञ्चल विश्वविद्यालयले प्रतियोगितामा सहभागिता जनाउने छन्।

khadya

भारतबाट दिल्ली, लखनउ र बिहार विश्वविद्यालयले सहभागिता जनाउने पक्का भएको छ । यस्तै, बंगलादेशको ढाका विश्वविद्यालयले पनि प्रतियोगिता खेल्नेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ । ९ दिनसम्म चल्ने प्रतियोगिता लिग कम नकआउटका आधारमा सञ्चालन हुनेछ ।

प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रूपैयाँ पाउने आयोजकले जनाएको छ । ५ लाख बराबरको पुरस्कार भने विधागततर्फ उत्कृष्ट हुनेले पाउने छन् । त्यसैगरी आयोजकले प्रतियोगिताको विजेतालाई सर्वोच्च शिखर सगरमाथाको सुन्दर दृश्य अवलोकन गराउने बताएको छ । कान्छा पर्वतारोही निमा रिन्जी शेर्पा प्रतियोगिताको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार