धनगढी : धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार कर्णाली प्रदेशलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिमले जितमा ह्याट्रिक हानेको हो ।
धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले सुदूरपश्चिमलाई २१ रनको लक्ष्य दिएको थियो । २१ रनको लक्ष्य सुदूरपश्चिमले १.३ ओभरमा कुनै विकेट नगुमाइ पूरा गरेको हो । सुदूरपश्चिमका लागि कविता कुँवर १४ र मनिषा बोहरा ५ रनमा अविजित रहिन् ।
यसअघि, कर्णालीले निर्धारित ५ ओभरमा ७ विकेटको क्षतिमा २० रन बनाएको थियो । कर्णालीका लागि श्रुती बुढा ८ रनमा अविजित रहँदा रमा बुढाथोकीले ६ रन बनाइन् । सुदूरपश्चिमका आशिका महराले ३, कविता कुँवरले २ तथा रितु कनौजियाले १ विकेट लिइन् ।
खराब मौसमका कारण मैदान भिज्दा खेल निर्धारित समयभन्दा ढिला सुरु भएको थियो । ओभर घटाएर ५ ओभर निर्धारित गरिएको थियो ।
प्रतिक्रिया दनुहोस्