स्वास्थ्य कार्यालय डोटीले एच.पि.भी. खोप बारे अभिमुखीकरण गर्दै

डोटी :  स्वास्थ्य कार्यालय डोटीले एच.पि.भी. खोप अभियान २०८१ बारे स्वास्थ्यकर्मीहरूका लागि जिल्ला स्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी शुरु गरेको छ । हिजो विहिबारदेखि शुरु भएको उक्त अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी माघ १२ गतेसम्म चल्नेछ भने जिल्लाका ९ वटै पालिकाका स्वास्थ्य शाखा प्रमुख र कोल्ड चेन प्रमुख गरी १८ जना एवं स्वास्थ्य संस्था प्रमुख १३० जना सहभागी हुनेछन् ।

सोही कार्यक्रमबाट एच.पि.भी. खोप अभियान २०८१ सम्बन्धी डोटी जिल्लामा गर्ने कामको योजना तयार पारिने स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए ।

khadya

योजना तयार भैसकेपछी माघ १४ गते जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र अन्य सरोकारवाला बिच अन्तरक्रिया कार्यक्रम आयोजना गरि एच.पि.भी. खोप अभियानको जिल्लाको योजना बारे जानकारी गराउने मलासीले बताए ।

पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने एच.पि.भी. खोप अभियान डोटीमा माघ २२ गतेदेखि फाल्गुन ६ गतेसम्म संचालन हुनेछ भने जिल्लाका ११ हजार ६ सय ३३ छात्रा तथा किशोरीहरूलाई एच।पि।भी। खोप लगाउने स्वास्थ्य कार्यालयको लक्ष्य छ ।

जसमा विद्यालय जाने कक्षा ६ देखि १० सम्मका छात्राहरू र १० वर्षदेखि १४ वर्ष उमेर समुहका विद्यालय नजाने किशोरीहरु लाई यो खोप निशुल्क लगाइनेछ । खोप लगाउने मिति, स्थान र समय बारे स्थानीय महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी र शिक्षकरुमार्फत जानकारी गराइने जनाइएको छ ।

खोप अभियानलाई सफल पार्न कार्यालयले प्रचारप्रसार कर्यलाई समेत तीव्रता दिएको छ । ह्यूमन प्यापीलोमा भाइरस एच.पि.भी. भनेको महिला र पुरुष दुवैलाई असर पार्ने सामान्य खालको भाइरस हो । यो भाइरस भएको कुनै व्यक्तिसँग यौन क्रियाकलाप भएमा एच.पि.भी. फैलिन्छ । यो भाइरस छालाको अति सूक्ष्म प्वालहरूबाट छिर्छ भने रगत वा अन्य शारीरिक तरल पदार्थहरूबाट सर्दैन । कन्डमको प्रयोग गर्दा पूरै यौनाङ्गको छालाको भाग नछोप्ने हुनाले एच.पि.भी. सर्ने जोखिम कायमै रहन्छ ।

एच।पि।भी। सङ्क्रमण भएका धेरै मानिसहरूलाई यसको लक्षणबारे थाहा हुँदैन । केही एच।पि।भी। प्रजातिहरूको कारणले शरीरको कुनै पनि भागमा मूसोहरू देखिन सक्छ । यसमा जननांग (योनीद्वारा, योनी, गर्भाशयको नली, लिङ्ग, अण्डकोष, मलद्वार र परिनियम ) पनि पर्दछ । ती मूसोहरू सामान्यतया नदुख्ने हुन्छन्, तर कहिलेकाहीँ चिलाउने वा असजिलो हुने हुन्छन् । शरीरमा मूसोहरू एच.पि.भी. का जुन प्रजातिहरूका कारणले देखिन्छ, त्यसलाई ‘न्यून जोखिम भएका प्रजातिहरू भनिन्छ । किनकि यी क्यान्सरसँग सम्बन्धित हुँदैनन् ।

तर एच.पि.भी. का अन्य प्रजातिहरूलाई ‘उच्च जोखिम भएका प्रजातिहरू मानिन्छ । किनकि यिनीहरू क्यान्सर हनुअघिका कोशिकाहरूलाई बढाउन सक्छन् । यदि उपचार गरिएन भने ती कोशिकाहरू क्यान्सरमा परिणत हुन सक्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार