रीमा श्रेष्ठको ‘अधुरो सपना ३’ सार्वजनिक

काठमाडौं : गीतकार रीमा श्रेष्ठको नयाँ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘अधुरो सपना“ “अधुरो सपना-२” अत्यधिक सफलता पछि “अधुरो सपना ३” बोलको गीतको भिडियो रिलिज गरिएको छ।

तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गीत मा गायिका रेमन्ती राई को र गायक किरण गजमेरको स्वर छ । अम्बर तुम्बापो सुब्बाको सङ्गीत र सञ्जीव बरैलीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ । 

khadya

माया हेराई भोगाई जस्तै महसुस पनि हो भन्ने कुरालाई नजिकबाट केलाइएको ‘अधुरो सपना“ र “अधुरो सपना-२” प्रथम भाग रहेको “अधुरो सपना-३ ” गीतको भिडियोमा बाल्यकालको सपनामा देख्न सकिन्छ । यस गीतको निर्माता कुशल गुरुङ हुन् ।

दिक्पाल कार्की र शिला गजुरेलको अभिनय रहेको गीतको भिडियोको निर्देशन सोनम पाखरिनले गरेका हुन् । उक्त गीतको छायाङ्कन दिनेश पराजुलीले गरेका हुन् भने सम्पादन विकास दाहालले गरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार