कैलालीमा नेपाल–भारत सीमा स्तम्भहरु रङगरोगनको काम सुरु !

कैलाली : कैलाली जिल्लास्थित नेपाल–भारत सीमा स्तम्भहरु रङगरोगनको काम सुरु भएको छ । कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु र भारतीय सीमा सुरक्षा बल (एसएसबी) का असिष्टेण्ट कमाण्डरको उपस्थितिमा विहीबारदेखि रंगरोगन सुरु भएको हो ।

जोर नम्बर सीमा स्तम्भको भारतले र बिजोर नम्बर सीमा स्तम्भको नेपालले मर्मतसम्भार गर्नुपर्ने सम्झौताअनुसार बिजोर नम्बरका स्तम्भको नेपालले मर्मतसम्भार रङगरोगन तथा मर्मत गर्न लागेको हो । पहिलो दिन टीकापुर नगरपालिका –८ खक्रौलामा रहेको ७०३/२ सिमा स्तम्भमा रंगरोगन गरिएको छ ।

SHIKHAR COOL TECH

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले सीमा स्तम्भलाई दुरुस्त राख्ने र सीमा अपराध नियन्त्रणको काम दुबै देशका सुरक्षाकर्मी मिलेर गर्नुपर्ने बताए । ‘लागु औषध रोकथाम गर्न एकअर्का देशका सुरक्षा निकायबिच सहकार्य गर्न र दुई देशबिचको सम्वन्ध जोगाएर काम गर्नुपर्छ’ प्रजिअ हमालले भने, ‘नेपालमा अपराध गरी भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्नेलाई कारवाही गर्न दुबैतर्फका सीमा सुरक्षा निकायले सघाउनुपर्छ ।’

सीमा स्तम्भ रंगरोगन तथा मर्मत सम्भार कार्य गरिरहेको सशस्त्र प्रहरी बल, नेपाल ३४ नम्बर गण कैलालीका प्रमुख, सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले नेपालको जिम्मामा परेका २५ प्रतिशतभन्दा कम क्षति भएका स्तम्भको मर्मत र सबै स्तम्भको रङ्गरोगनको काम सबै यूनिटलाई परिचालन गरेर एक हप्ताभित्र सक्ने गरी काम सुरु गरिएको जानकारी दिए ।

टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला नगरपालिका क्षेत्रमा रहेका सात वटा मूख्य स्तम्भ मध्ये ७००, ७०५, ७०७ नम्बरका मात्रै रहेका र अन्य स्तम्भहरु कर्णाली र मोहना नदीले बगाएको बताए । ठकुल्लाले भने, ‘सहायक स्तम्भ पनि हराएका छन्, ७०४ नम्बर स्तम्भ अहिले बनाउन सकिन्छ बनाउन पहल गर्नुपर्छ ।’ कैलाली जिल्लाभरी १०१ सीमा स्तम्भको रंगरोगन तथा मर्मत सम्भार गरिने बताइएको छ । कार्यक्रमको शुरुवातका दिन जिल्ला सुरक्षा समितिका पदाधिकारी, सीमा क्षेत्रका वडाका वडाध्यक्षहरु, भारतीय सीमा सुरक्षा बलका प्रतिनिधिहरु उपस्थित थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार