माघ १५ देखि २२ गतेसम्म चौथो त्रिवेणी महोत्सवको आयोजना गर्ने !

धनगढी : चुरे वातावरण तथा जैविक विविधता संरक्षण मञ्च नेपालले माघ १५ देखि २२ गतेसम्म चौथो त्रिवेणी महोत्सवको आयोजना गर्ने भएको छ। “शिक्षा, कृषि, संस्कृति तथा जलमार्गको सम्भावना : सेती, कर्णाली र भेरीको त्रिवेणी चिनाउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढीमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो।

मञ्चका अध्यक्ष वीरेन्द्रबहादुर रावलले महोत्सवले मोहन्याल गाउँपालिकामा रहेको त्रिवेणी घाट, धुलिखेल, मालिका मन्दिर, र कर्णालीका माछा र र्याफ्टिङजस्ता पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने बताए। साथै, महोत्सवले सो क्षेत्रमा शिक्षा, पर्यटन, कृषि, आर्थिक तथा धार्मिक विकासमा टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे।

khadya

महोत्सवले एम्बुलेन्स सञ्चालन र शैक्षिक संस्थामा इको क्लब स्थापना गर्दै वातावरण संरक्षणका गतिविधि अघि बढाउने उद्देश्य राखेको छ। महोत्सवमा २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ भने एकसय स्टल रहनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार