प्रेममा पर्दा खिचिएका तस्विर र भिडियो सम्बन्ध बिग्रिएपछि सामाजिक सञ्जालमा पठाएपछि..

काठमाडौँ : सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्रहत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप खाँडादेवी गाउँपालिका ८ धुलेबेँसी घर भई काठमाडौँ महानगरपालिका १३ बस्ने १९ वर्षीय श्रीकृष्ण कार्की र भोजपुर षडानन्द नगरपालिका ५ घर भई काठमाडौँ महानगरपालिका ६ बौद्ध नयाँबस्ती बस्ने ३१ वर्षीय सरोज कटुवाल रहेका छन्। 

SHIKHAR COOL TECH

उनीहरूले प्रेम सम्बन्ध भएको समयमा खिचिएका तस्विर तथा भिडियोहरू सम्बन्ध बिग्रिए पश्चात् पीडितका आफन्त तथा साथीहरूलाई सामाजिक सञ्जाल म्यासेन्जरमा पठाइ चरित्र हत्या गरेको पाइएको छ। 

उक्त आरोपमा प्रहरीको साइबर ब्यूरोबाट खटिएको प्रहरीले श्रीकृष्णलाई आइतवार र सरोजलाई सोमवार पक्राउ गरी कारबाही थालिएको छ। 

उनीहरू उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौँबाट म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार