काठमाडौँ र अपराध अनुसन्धानमा नयाँ हाकिम पठाउने तयारी, बस्नेत र अधिकारी सरुवा हुने

काठमाडौं: नेपाल प्रहरीले काठमाडौँ जिल्ला प्रहरी परिसर प्रमुख र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखसहित केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवाको तयारी गरेको छ। गृह मन्त्रालयले लामो समयदेखि यथावत रहेका एसएसपीहरूको जिम्मेवारी हेरफेर गर्न लागेको हो।

गृह मन्त्रालयका अनुसार काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरे र उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईलाई सरुवा गर्ने तयारी गरिएको छ। यी दुईलाई गएको वैशाखमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले नियुक्त गरेका थिए। लामिछानेविरुद्धको मुद्दा चलिरहेको अवस्थामा रजौरेलाई जिम्मेवारीमा राखिएको थियो।

khadya

सूत्रका अनुसार, काठमाडौँ प्रहरी प्रमुखमा प्रहरीका केन्द्रीय प्रवक्ता विश्व अधिकारी र भैरहवा विमानस्थल सुरक्षा प्रमुख रमेश बस्नेतमध्ये एकलाई नियुक्त गरिने सम्भावना छ। तीमध्ये एकलाई उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखमा पठाइने तयारी गरिएको छ।

सामान्यतया काठमाडौँ प्रहरी प्रमुखको सरुवा आठ महिनामा हुने प्रचलन भए पनि यस पटक नौ महिनासम्म सरुवा नगरिएको थियो। रजौरे र भट्टराईसँगै सरुवा भएका अन्य एसएसपीहरूको दोस्रोपटक सरुवा भइसकेको छ।

गत सरुवामा ललितपुर प्रहरी प्रमुखमा श्यामकृष्ण अधिकारी, उपत्यका ट्राफिक प्रहरी प्रमुखमा विनोद घिमिरे, त्रिभुवन विमानस्थलमा सोमेन्द्रसिंह राठौर र भरतपुर तालिम शिक्षालयमा भूपेन्द्र खत्रीलाई पठाइएको थियो।

केही दिनअघि मात्रै २५ एसपीलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ। उनीहरूको बढुवासँगै पदस्थापनका लागि गृह मन्त्रालयले तयारी गरिरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार