धनगढी–दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता  हुँदै !

धनगढी : धनगढी–दीपायल द्रुतमार्गको २५ किलोमिटर कालोपत्र गर्न ठेक्का सम्झौता गरिने भएको छ। कैलालीको हाटखोलीदेखि शिवनगरसम्म सडक कालोपत्रका लागि सङ्घीय सरकारले एक अर्ब बजेट स्वीकृत गरेको हो।

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना कार्यालयले २५ किलोमिटर कालोपत्रका लागि एक अर्ब २० करोड बजेट माग गरेको थियो। तर, अर्थ मन्त्रालयले एक अर्बको स्वीकृती दिएको योजना कार्यालयले जनाएको छ। धनगढीदेखि हाटखोलीसम्म पुरानो ठेक्का छ। धनगढी–स्याउले खण्डको सडक कालोपत्रको काम पूरा भएको छ। हाटखोली क्षेत्रको ठेक्काको काम जारी रहेका बेला नयाँ ठेक्का सम्झौता गर्न बजेटको स्वीकृति गरिएको हो।

SHIKHAR COOL TECH

धनगढी–खुटिया–दिपायल–चैनपुर–उरैभन्ज्याङ्ग सडक योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले एक अर्ब २० करोड बजेट माग गरेकोमा एक अर्बको स्वीकृति भएको बताएर तर, आधिकारिक पत्र नआएको उनले बताएका छन्। द्रुतमार्गको कैलाली खण्डको सबै सडक कालोपत्रका लागि योजना कार्यालयले बजेट माग गरेको थियो। सडक विभागमार्फत अर्थ मन्त्रालयमा बजेट माग गरिएको हो।

उनले सडकको ठेक्का सम्झौताका लागि इस्टिमेट स्वीकृत गराउनुपर्ने बताए। सडक विभागले इस्टिमेट स्वीकृत गरेपछि सडक कालोपत्रका लागि नयाँ ठेक्का सम्झौता गरिने उनले बताएका छन्। उनले भने, ‘कैलालीमा २५ किलोमिटर सडक कालोपत्रको ठेक्का भएको छैन। हामीले एक अर्ब २० करोड माग गरेका थियौ। एक अर्ब बजेट आएको भन्ने छ।

आधा मात्र काम गर्नु भएन। २५ किलोमिटरको बहुवर्षीय ठेक्का हुन्छ। तर, इस्टिमेट स्वीकृत गर्नुपर्ने छ।’ योजना कार्यालयले बजेट स्वीकृतिको आधिकारिक पत्र आएपछि इस्टिमेट विभागमा पठाउने तयारी गरेको छ। विभागले इस्टिमेट स्वीकृत गरेपछि नौ मिटर चौडाइमा कालोपत्रसहितका भौतिक संरचनाहरू निर्माण हुनेछन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार