कैलालीको बुढीतोलामा सडक सतह चिप्लो हुँदा आवतजावतमा समस्या

कैलाली : कैलालीको बुढीतोलामा सडक चिप्लो हुँदा आवतजावतमा समस्या हुन थालेको छ । पहिरो गएको स्थानमा पानीका कारण सडक सतह चिप्लो भएपछि यातायातहरु आवतजावतमा समस्या भएको प्रहरीले बताएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार पहिरो गएको स्थानमा पानीका कारण माटो बगेर आएपछि सडक सतह चिप्लो भएको हो । चिप्लो सडक सतहमा यातायातका सवारी साधनलाई आवतजावतमा भने केही समस्या भएको कार्यालयले जनाएको छ । सडक सतह चिप्लो भएपनि सडक अवरुद्ध भने नभएको प्रहरीले बताएको छ ।

khadya

गत वर्ष साउनमा आएको पहिरोले बुढीतोलामा तसहनसह भएको सडक अझै कालोपत्रे हुन सकेको छैन । पहिरोले ७० मिटर सडक पुरै बगाएको थियो भने ३८० मिटर सडकमा क्षति पुगेको थियो । उक्त सडक मर्मतको काम भैरहेको भएपनि कालोपत्रे भने हुन सकेको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार