बैतडी : बैतडीमा भिरबाट लडेर गम्भीर घाइते भएकी स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ । मेलौली नगरपालिका – ८ कोटिगाँउ जमाडीकी २९ वर्षीय स्वास्थ्य स्वयंसेविका सिता विष्टको मृत्यु भएको हो ।
पुस २९ गते घर नजिकै जगंलमा घाँस काट्ने क्रममा भिरबाट लडेर विष्ट गम्भीर घाइते भएकी उनको मंगलबार मृत्यु भएको वडाध्यक्ष तपेन्द्र सिंह विष्टले बताएका छन् । उनले धनगढीमा पनि उपचार सम्भव नभएपछि घर लग्दै गरेको अवस्थामा मंगलबार राती बाटोमै मृत्यु भएको बताए ।
विष्ट २०६९ सालदेखि स्वास्थ्य स्वयंसेविकाको रूपमा कार्यरत रहेकी थिइन । मृतक विष्टका श्रीमान् रोजगारीको लागि भारत गएका भए पनि विगत दुई तीन वर्षदेखि सम्पर्क विहीन छन् । उनका दुई छोराछोरी रहेका छन् ।
प्रतिक्रिया दनुहोस्