नेपाल प्रहरीका २५ जना एसपी एसएसपीमा बढुवा सिफारिस 

काठमाडौँ : गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले प्रहरी उपरीक्षक(एसपी) पदबाट २५ जना  प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनीहरुलाई  पुस २९ गते बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो । 

जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रेशम थापा सूचीको पहिलो नम्बरमा छन् ।

Seti Hospital

त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो , बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् । बढुवा समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार उनीहरूलाई सिफारिस गरेको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार