आजदेखि धनगढीमा प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै !

धनगढी : कैलालीको धनगढीमा आज (मंगलबार) देखि प्रधानमन्त्री कप टी–२० महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता सुरु हुँदै छ । नेपाल क्रिकेट संघ क्यानले धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको हो ।

१२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा सात प्रदेश तथा दुई विभागीय एपीएफ र आर्मीको टोली सहभागी हुनेछन । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश रहेका छन् ।

Seti Hospital

यसैगरी, प्रतियोगिताको समूह ‘बी’ मा कोशी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र त्रिभुवन आर्मी क्लब रहेका छन् । उद्घाटन खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ भने पहिलो दिनको दोस्रो खेल कर्णाली प्रदेश र एपीएफ क्लबबिच खेलिने छ ।

प्रतियोगितामा सहभागिताका लागि सुदूरपश्चिम प्रदेशले विन्दु रावलको कप्तानीमा १४ सदस्यीय टोली छनोट गरिएको छ । कप्तान विन्दुसँगै टोलीमा रितु कनौजिया, कविता कुँवर, शोभा रोकाया, करिश्मा थापा, जानकी थापा, रविना साउद, चेतना कुँवर, रेवती धामी, मञ्जु विष्ट, मनीषा बोहरा, रविना धामी, आशिका महरा र मनिषा खत्री रहेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार