अहिलेसम्म हुलाकी राजमार्ग मर्मत नगर्दा दुर्घटनाको जोखिममा

धनगढी : कैलालीमा बाढीले भत्काएको हुलाकी राजमार्ग अहिलेसम्म मर्मत नगर्दा दुर्घटनाको जोखिम बढेको छ । गत भदौमा आएको बाढीले कैलारी गाउँपालिका–५, बैजपुर र भजनी नगरपालिकाको पुलियापुरनजिक भत्काएको थियो । बाढीले राजमार्ग किनार भत्काउँदै ठुल्ठुला खाल्टा बनाएको छ । ती खाल्टा पुरिएको छैन भने भत्केको किनार पनि मर्मत गरिएको छैन ।

भत्केको राजमार्ग मर्मत नहुँदा सवारीसाधन दुर्घटनाको उच्च जोखिम रहेको बैजपुरकी कविता चौधरीले बताइन । राजमार्ग भत्केको धेरै दिन भए पनि मर्मतका लागि सम्बन्धित निकायले ध्यान नदिएको उनको गुनासो छ । कटैनी नदीबाट ओभरफ्लो भएको बाढीले राजमार्ग भत्काएको थियो ।

Seti Hospital

भत्केको राजमार्ग मर्मतका लागि हुलाकी राजमार्ग आयोजनाको कार्यालयलाई आग्रह गरिएको वडा अध्यक्ष विष्णुप्रसाद चौधरीले बताए । उनले भने “हुलाकी राजमार्गमा स्थानीय सरकारले काम गर्न मिल्दैन । त्यसैले भत्केको राजमार्ग मर्मतका लागि हामीले आयोजनाको कार्यालयलाई आग्रह गरेका छौँ । राजमार्ग स्तरोन्नति हुने भएकाले हुलाकी राजमार्ग आयोजनाको कार्यालयले तत्काल केही गरेको छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार