काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले कञ्चनपुरका विपीन जोशी रिहाइको पहलका लागि कतारका विदेशमन्त्रीसँग छलफल गर्ने भएकी छन् । उनले विपीन रिहाइको पहलका निम्ति आज कतारलाई आग्रह गर्न लागेकी हुन् ।
मन्त्री राणाले सोमबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सोमबारको बैठकमा ‘हमासको नियन्त्रणमा रहेका विपीन जोशीको रिहाइको लागि मंगलबार कतारका विदेशमन्त्रीसँग टेलिफोनमा कुराकानी गर्ने कार्यक्रम छ,’ भनेकी थिइन् ।
उनले विपीन रिहा हुने आशा व्यक्त गरेकी छन् । ‘विपीन सकुशल हुनुहुन्छ भन्ने आशा छ,’ उनले भनेकी थिइन्, ‘उहाँ रिहा हुनुहुन्छ भन्ने विश्वास छ ।’
सन् २०२३ को अक्टोबर ७ मा प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमाथि आक्रमण गरेको थियो । त्यसक्रममा १० नेपाली विद्यार्थीसहित करिब १२ सयजनाको मृत्यु भएको थियो । विपीनसहित करिब २५० जनालाई हमासले बन्धक बनाएको थियो ।
प्रतिक्रिया दनुहोस्