एमालेका केन्द्रीय सदस्य मल्ल पक्राउ

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य किशोरविक्रम मल्ल पक्राउ परेका छन् । चेक अनादर सम्बन्धी कसुरमा जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतले अनलाइनखबरलाई बताए ।

‘युवा संघकै एक जना नेतासँग लेनदेनको विषयलाई लिएर जाहेरी परेको थियो’, ती अधिकृतले भने, ‘त्यही जाहेरीमाथि अनुसन्धानका क्रममा उनलाई पक्राउ गरिएको हो ।’

Galaxy

प्रहरीका अनुसार, २० लाख ५० हजार रुपैयाँ बराबरको चेक बाउन्स भएपछि प्रहरीसम्म उजुरी परेको थियो । चेक बाउन्स भएको घटनामा दुई पक्षबीच जुनसुकै चरणमा पनि मिलापत्र हुनसक्छ । त्यसैले दुवै पक्षलाई राखेर छलफल गराइराखिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार